विराटनगर।

नेपाल होमियोपेथिक चिकित्सक सङ्घ, विराटनगरको आयोजनामा सुनसरीको अमडुवामा संयुक्त स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

डा टिएन रायको ४०औँ पुण्यतिथिका अवसरमा सोमबार आयोजित सो शिविरमा निःशुल्क आँखा, कान र दाँतको उपचारका साथै होमियोपेथिक पद्धति(थोरै औषधिबाट गरिने उपचार)बाट समेत उपचार गरिएको थियो ।

सो अवसरमा विराटनगर आँखा अस्पतालद्वारा तीन सय २२ जनाको उपचार गरिएकामा एक सय २० जनामा मोतीबिन्दुको पहिचान गरियो । त्यस्तै एक सय ५० जनाको उपचार गरी निःशुल्क रुपमा औषधिसमेत वितरण गरिएको थियो ।

डा अजयकुमार रायले दाँतको उपचार तथा नेपाल होमियोपेथिक सङ्घबाट डा रवीन्द्र कुमार, डा रवि प्रकाश, डा आशिष कुमार, डा नीरज कुमार, डा अशोक कुमार, डा शिव कुमारलगायतले सेवा प्रदान गर्नुभएको थियो ।
Views: 139

