Aamsanchar

६८ सालमा बनाइसक्ने भनेको पुलमा बल्ल लठ्ठा राख्न थालियो

Author Image
बुधवार, माघ ५, २०७३

खोटाङ,

?????????????

काम सकाउने म्याद नाघेको चार वर्षपछि खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोसी पुलको लट्ठा राख्न सुरु गरिएको छ ।

२०६८ साल असारसम्ममा पूरा गर्ने सर्तमा २०६६ साल भदौमा बिक्रम पाण्डेको हुलास इन्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले निर्माणको सम्झौता गरेको पुलको ढिलागरी मूख्या लट्ठा राख्ने काम सुरु गरिएको हो।

सुरु गरिएको ६ वर्ष बित्दासमेत पुल निर्माणको काम पूरा नभएको पुलको मुख्य लट्ठा राख्नकालागि क्याट–वे (मेन लट्ठा टाँग्नकालागि आवश्यक लट्ठा) राख्न सुरु गरिएको कालिका कन्स्ट्रक्सनका साईड ईन्जिनियर सिताराम कार्कीले बताउनुभयो ।

पुस ९ गते चार जना चाईनिज प्राविधिक जयराममा आएपछि पुलमा लट्ठा राख्ने काम सुरु गरिएको हो । ‘पुलको मेन लट्ठा राख्नकालागि झोलुंगे पुलको शैलीमा क्याट–वे बनाउनुपर्ने हुन्छ,’ साईड ईन्जिनियर कार्कीले भन्नुभयो, ‘हाल त्यही क्याट–वेको प्लेटफर्म बनाउन लट्ठा कसिरहेका छौँ ।’

क्याट–वेको काम पूरा भएपछि जयराममा दुई महिनाभित्र मेन लट्ठा राख्ने काम पूरा गर्ने लक्ष्य राखिएको छ । क्याट–वेका लागि आवश्यक ८ वटामध्ये ३ वटा लट्ठा पाईलनमा राख्ने काम सकिएको कार्कीले जानकारी दिनुभयो । लट्ठा सँगै सिभिलका काम पनि दुई महिनाभित्रै पूरा गर्ने लक्ष्य राखिएको छ । कार्कीका अनुसार ढिलै भएपनि पुलको सिभिलतर्फका ८५ प्रतिशत काम पूरा भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर