Aamsanchar

आजको मौसम : बागमती प्रदेशमा भारी बर्षा हुने

Author Image
बुधवार, भदौ २२, २०७९

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बागमती प्रदेशको केही स्थानमा भारी वर्षा हुने जनाएको छ ।

‘बागमती प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले वर्षा हुने पहाडी भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ,’ महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारी वर्षाका कारण नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवनरयातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रदेश–१, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर