काठमाडौंः
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा दुई मन्त्री थपिने भएका छन् । समाजवादी जनता पार्टीका सांसद प्रेमबहादुर सिंह र खस क्षेत्री पार्टीका सांसद कुमार खड्का मन्त्री बन्न लागेका हुन् ।
प्रचण्ड सरकारमा सिंह खानेपानी मन्त्री बन्ने भएका छन् भने खड्का महिला बालबालिका तथा समाज कल्याण मन्त्री बन्दै छन् । सिंह पूर्वमन्त्री समेत हुन् ।
प्रधानमन्त्री कार्यालयले बिहीबार दिउँसो २ बजे सपथको तयारी गर्न राष्ट्रपति निवासमा पत्र पठाइसकेको छ। प्रधानमन्त्री कार्यालयको पत्र अनुसार राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीको सपथ समारोहको तयारी थालेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 113