Aamsanchar

उच्च अदालतमा सिफारिस न्यायाधीशको सपथ

Author Image
बुधवार, माघ ५, २०७३

काठमाडौं :

adalat

उच्च अदालतमा सिफारिस भएका न्यायाधीशले बुधबार सर्वोच्च अदालतमा एक समारोहबीच पद तथा गोपनीयताको सपथ लिएका छन् ।

न्यायाधीशउनीहरुलाई तोकिएको अदालतसम्बद्ध उच्च अदालतका मुख्य न्यायाधीशले पद तथा गोपनियताको सपथ खुवाएका थिए । गत पुस २८ गते बसेको न्याय परिषद वैठकले बहुमत निर्णयका आधारमा उच्च अदालतका लागि असी न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो ।

यसैबीच न्यायाधीश सिफारिस गर्दा समानुपातिक र समावेशि सिद्धान्तविपरित मध्यरातमा निर्णय भएको दाबीसहित बदर गर्न माग राखेर बुधबारै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता तोयानाथ ढुंगानाले दायर गरेको उक्त रिटमा परिषद अध्यक्ष एवम् प्रधानन्यायाधीश सुशीला कार्की, परिषद्का सदस्य र सिफारिसमा परेका ८० न्यायाधीशलाई विपक्षी बनाइएको छ ।

कानुनव्यवसायीलाई उपेक्षा गर्दै एकतर्फी रुपमा सिफारिस गरिएको दाबीसमेत रिटमा छ । परिषदका कतिपय सदस्यलाई झुक्याई ‘गफलत’ मा पारी निर्णय भएको प्रश्न पनि रिटमा उठाइएको छ ।

उक्त विवादमा सुनुवाइका लागि सर्वोच्चले बिहीबारलाई पेशी तय गरेको छ । रिटमा विपक्षी बनाइएकी प्रधानन्यायाधीश कार्कीले पेशी तोक्न नमिल्ने दाबीसहित निवेदक ढुंगानाले सर्वोच्च प्रशासनमा भिन्नै निवेदनसमेत पेश गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर