Aamsanchar

विद्युत् चोरी गर्ने ९१ जनामाथि कारबाही

Author Image
बिहिवार, माघ ६, २०७३

उर्लाबारी।

bijuli

नेपाल विद्युुत् प्राधिकरण, विराटनगरले विद्युुत् चुुहावट नियन्त्रण अभियानअन्तर्गत हुुकिङ गरेर विद्युत् चोरी गर्ने ९१ जनालाई कारबाही गरेको छ ।

विद्युुत्को पोलबाट हुुकिङ गरेर सिँचाइ तथा घरमा विद्युुत् चोरी गर्ने कारबाहीमा परेको कार्यालय प्रमुुख शम्भुु कुुसियतले बुधबार बताउनुभयो । विद्युत् चोरी गरेर प्रयोगमा आएका एकसय ४० थान टेलिभिजन, १७ थान फ्रिज, ३० थान डिसहोम तथा अन्य गरी तीनसय २८ थान सामान पनि नियन्त्रणमा लिइएको छ ।

अभियानअन्तर्गत विगत तीन महिनामा रु ११ लाख ४६ हजार ६ सय राजस्वसमेत असुुल भएको जनाइएको छ । विद्युुत् चुुहावट नियन्त्रण अभियानअन्तर्गत अहिले दैनिक तीन देखि चार जनालाई कारबाही गरिरहेको कार्यालयले जनाएको छ ।

विद्युुत् चोरी गर्ने विराटनगरको अरुण सिनेमा हललाई सबैभन्दा बढी रु एक लाख ३४ हजार जरिवाना गरिएको कार्यालय प्रमुुख कुसियतले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)