Aamsanchar

मोरङमा घरको दुई तालाबाट खसेर एक जनाकाे मृत्यु

Author Image
बुधवार, असोज ५, २०७९

विराटनगर  : विराटनगर महानगरपालिका–७ मा निर्माणाधीन घरबाट खसेर घाइते भएका एकजना मजदुरको उपचारका क्रममा मृत्यु भएको छ ।

मुकेश पोठारीको निर्माणाधीन घरको दुई तलामाथिबाट खसेर घाइते भएका मोरङको जहदा गाउँपालिका–४ का ४० वर्षीय अशोक पञ्जियारको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार काठको काम गर्ने क्रममा गत सोमबार निर्माणाधीन घरको माथिबाट खसेर पञ्जियार घाइते भएका थिए ।

विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोसी अस्पतालमा पोस्टमार्टम गरेर अन्त्येष्टिका लागि शव परिवारलाई जिम्मा लगाइएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 296

प्रतिक्रिया (०)

सम्बन्धित खबर