Aamsanchar

विद्युत् चुहावट गर्ने सातसयमाथि कारबाही

Author Image
शनिवार, माघ ८, २०७३

राजविराज।

नेपाल विद्युुत् प्राधिकरण, शाखा कार्यालय राजविराजले छ महिनामा विद्युत् हुुकिङ गरी चोरी गर्ने ६९८ व्यक्ति तथा उपकरणमाथि कारबाही गरेको छ ।

चुुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत नेपाल विद्युुत् प्राधिकरण शाखा कार्यालय राजविराजले विद्युुत्को पोलबाट हुुकिङ गरेर सिँचाइ तथा घरमा विद्युुत् चोरी गर्नेमाथि कारबाही गरेको प्राधिकरण केन्द्रका प्रमुुख रामउद्गार साहले बताउनुभयो ।

केन्द्रका प्रमुख साहका अनुसार आव २०७३÷०७४ को साउनदेखि हालसम्म विद्युत् चोरी गर्ने ६९८ व्यक्ति तथा उपकरणमाथि विद्युत ऐनवमोजिम कारबाही गरिएको बताउनुभएको छ ।

तीमध्ये ३८३ जना हुकिङ गर्ने मानिसलाई रु ५,००० जरिवाना र २३४ वटा सामान जफत गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, तीमध्ये मिटरबाट सिधै विद्युत् चुहावट गर्ने ८१ जनालाई समेत कारबाही गरिएको बताइएको छ । यता विद्युत् चुहावटको कारबाहीबाट रु ४६ लाख १६ हजार ६०० राजस्व सङ्कलन समेत गरिएको प्राधिकरण राजविराजले जनाएको छ ।

यसैबीच, विद्युत्को महसुल तिर्न बाँकी बक्यौता भएकाको लाइन काट्ने कार्य जारी राख्दै जिल्लामा भइरहेको व्यापक विद्युत् चुहावट नियन्त्रणका लागि समेत प्राधिकरणले चुहावट नियन्त्रण अभियानलाई जारी नै राखेको प्रमुख साहले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर