Aamsanchar

‘’अनलाइन सर्वेक्षणमा एमाले नेता केपी ओली भारि बहुमतमा’’

Author Image
शनिवार, माघ ८, २०७३

भरत शिवाकोटी,

[युएई]

नेपालको राजनीतिक माहोल निक्कै तातेको छ । संबिधान संसोधनमा राजनीतिक दलहरु बिचको धुर्बिकरण तीव्र भैराखेको छ भने संसोधनको पक्ष र विपक्षमा तानातानी सत्तापक्ष र प्रतिपक्ष बिच चर्को रुपमा अघि बढेको कुरा सर्वसाधारणले समेत सहजै अनुमान गरिरहेका छन । यो सँगै संसोधन फेल भए सरकार नैतिक संकटमा पर्ने र राजिनामा समेत दिनसक्ने एकथरीले विश्लेषण गरिरहेका छन ।

कतिले अब छिटै नै सरकार परिवर्तन हुने वा गठबन्धनमा तलमाथि हुनसक्ने समेत चर्चा गरिरहेका छन र अबको प्रधानमन्त्री को रुपमा मुख्यत ४ नेता बीच रस्साकसी हुने अभिमत व्यक्त गरिरहेका छन । यसै बिषयमा रहेर नेपाली टिभी युके ले अब कसले रास्ट्र र जनताको पक्षमा देशको प्रतिनिधित्व गर्न सक्छ भन्ने बिषयमा करिव ४ घण्टा लामो अनलाइन भोटिङ सर्वेक्षणगरेको छ ।

२० जनवारी २०१७ मा गरेको उक्त अनलाइन सर्वेक्षणमाएमाले नेता केपी ओली र नयाँ शक्ति पार्टीका नेता बाबुराम भट्टराई बिच भएको थियो । हजारौं सामाजिक संजाल प्रयोगकर्ताले लाइभ हेरेको तथा अभिमत प्रकट गरेको उक्त सर्वेक्षणमा कमेन्ट बक्समा आफुलाई मन परेको नेताको नाम लेखेर कमेन्ट गरेपछि तत्कालै भोट झरेको देख्न सकिन्थ्यो । सर्वेमा बाबुराम भट्टराई भन्दा ७ गुणा बढी मत अर्थात २२०० बढी अभिमत केपी ओलीको पक्षमा प्रकट भएको थियो भने भट्टराईको पक्षमा ४०० भन्दा कम मत प्रकट भएको थियो ।

त्यस्तै रास्ट्रियता र स्वाभिमानको रक्षा गर्न अबको प्रधानमन्त्री को हुनुपर्छ भन्ने बिषयमा जुम एनपी डट कम ले एमाले नेता केपी ओली, कांग्रेस नेता शेर बहादुर देउवा र माओवादी केन्द्रका नेता एवं प्रधानमन्त्रीप्रचण्ड बीच गरेको अनलाइन लाइभ सर्वेक्षणमा समेत हजारौंले सहभागिता जनाएका थिए । १३०० भन्दा बढी व्याक्तिले शेयर गरेको उक्त लाइभ करिब ३ घण्टा सम्म चलेको थियो भने यस सर्वेक्षणमा समेत एमाले नेता केपी ओलीको पक्षमा भारि अभिमत प्रकट भएको थियो । ओलीको पक्षमा ५५०० भन्दा बढी मत प्रकट हुँदा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा ११ गुणा कम अर्थात ५०० मत मात्र प्रकट भएको थियो भने कांग्रेस नेता शेर बहादुर देउवाको पक्षमा मात्रै २६३ मत व्यक्त भएको थियो ।

सामाजिक संजालमा व्यक्त अभिमतले के कति वास्तविकताको प्रतिनिधित्व गर्दछ भन्ने बहस गर्न सकिन्छ तथापि अधिकांस सामाजिक संजालका प्रयोगकर्ता युवा पिँढी रहेको हुँदा युवा पिँढीमा केपी ओली प्रतिको आशा र भरोसा एवं विश्वास रहेको छ भन्ने अभिमतले देखाउँछ भन्दा अन्यथा नहोला ।

नेपाली टिभी युके:-

https://www.facebook.com/nepalitv/videos/944154535718416/

जुम एनपी डट कम:-

https://www.facebook.com/zoomnp1/videos/1072067216290872/

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर