Aamsanchar

झापामा भ्यानको ठक्करबाट एकको मृत्यु

Author Image
आइतवार, माघ ९, २०७३

दमक:

पिकअप भ्यानको ठक्करबाट झापाको दमकमा मोटरसाइकल चालक इलाम, बाँझो – ३ का ३३ वर्षीय जयकुमार राईको मृत्यु भएको छ ।

दमक–३ स्थित भित्री सडकखण्डमा दमकबाट बेलडाँगीतर्फ जाँदै गरेको को ५ प ३७०२ नम्बरको भ्यानले मे १ ज ४०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गएराति मोटरसाइकलमा सवार राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी सख्त घाइते राईको लाइफलाइन अस्पताल दमकमा उपचारका क्रममा राति नै मृत्यु भएको थियो। दुर्घटनामा संलग्न ठक्कर भ्यान र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर