Aamsanchar

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

Author Image
सोमवार, माघ १०, २०७३

झापा।

जङ्गली हात्तीको आक्रमणमा परी दक्षिणी झापाको भद्रपुर नगरपालिकामा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ महेशपुर निवासी ४१ वर्षीया पालमाया लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।

घर नजिकै रहेको मायालु सामुदायिक वनमा घाँस काट्न गएकी लिम्बूलाई घर फर्कने क्रममा हात्तीले आक्रमण गरेको बताइएको छ ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला वन अधिकृत बोधराज सुवेदीले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर