Aamsanchar

‘’जापानमा झापाली समाज गठन, कार्यक्षेत्र झापा’’

Author Image
सोमवार, माघ १०, २०७३

भरत शिवाकोटी,

   [युएई]

प्रवासमा रहेका झापालीहरू संगठित हुने क्रम विभिन्न देशहरुमा निरन्तर चलिरहेको छ ।

झापाली समाज नाम राखेर झापालाई कार्यक्षेत्र बनाउदै सामाजिक कार्यमा लागि पर्ने उदेश्य बोकेका धेरै देशहरुमा क्रियासिल रहेको झापाली समाज पछिल्लो समयमा जापानमा समेत गठन भएको छ । जापानमा रहेका सम्पूर्ण झापालीहरुलाई एकत्रित गर्ने गरि तदर्थ समिती बनाएर झापालीहरू एकजुट हुन शुरु गरेको जापानबाट चुडामणी काफ्लेले जानकारी दिएका छन ।

गत २२ जनवारी २०१७ मा जापानकोन्यू सपना किचन हिगासी कुरुमे ,टोकियोमा सम्पन्न भेलाले मेघराज नेपाल संरक्षक रहने गरि तुलसी पाठकको अध्यक्षतामा १३ सदस्य झापाली समाज जापान कार्यसमिती सर्वसम्मत चयन गरेको छ ।

समाजको उपाध्यक्षमा दिपक न्यौपाने, महासचिवमा चुडामणी काफ्ले, सचिवमा ऋषिराम भट्टराई, कोषाध्यक्षमा रमेश सुवेदी रहेका छन भने सदस्यहरुमा क्रमशः विपिन गौतम, गोविन्द सुवेदी, समिक्षा संग्रौला, मेघराज अधिकारी, विनोद कार्की, तिर्थराज अधिकारी, सुलव अधिकारी र नारायण पोखरेल रहेका छन । समाजले जापानमा रहेका झापालीहरुको हक, हित र समस्यामा सहयोग गर्ने अध्यक्ष पाठकले बताएका छन ।

जापानमा छरिएर रहेका झापालीहरुलाई समाजको एउटै छाता मुनि संगठित गर्दै विशेस गरि झापाको शिक्षा, स्वास्थ्य लागायत विभिन्न क्षेत्रहरुमा सहयोग र सहकार्य गर्ने,भैपरि आउने प्राकृतिक प्रकोप लगायतका विपत्तिहरुमा राहत पुर्याउने आदि कार्यमा समाज क्रियासिल रहने निर्वाचित महासचिव काफ्ले ले जानकारी दिएका छन ।

कार्यक्रम मेघराज नेपालको सभापतित्वमा तथा चुडामणी काफ्लेको संचालनमा सम्पन्न भएको थियो भने जापानका विभिन्न स्थानहरुबाट झापालीहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१