

काठमाडौँ । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज बिहान १० बजे स्वदेश फर्किने भएका छन् । कतार एयरवेजको फ्लाइटबाट फर्कन लागेको उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।

नेपाल झर्ने बित्तिकै उनले एयरपोर्टमा प्रहरीसमक्ष आफूलाई बुझाउने छन् । उनले आफूमाथि गलत आरोप लागेको उल्लेख गर्दै छानबिनमा सहयोग गर्ने उल्लेख गरेका छन् । उनले आफू एयरपोर्टमा उत्रिदाँ आफ्ना वकिल सरोजकृष्ण घिमिरेलाई पनि उपस्थित गराईदिन प्रहरीलाई यसअघि नै अनुरोध गरेका थिए । उनले आफ्नो सुरक्षाका लागि घिमिरेलाई उपस्थित गराईदिन फेसबुक स्टाटसमा पनि अनुरोध गरेका छन् ।
लामिछानेमाथि एक नाबलिकालाई बलात्कार गरेको उजुरी परेको छ ।


Views: 273


