Aamsanchar

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

Author Image
सोमवार, माघ १०, २०७३

राजविराज।

पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सीतापुरमा मोटरसाइकल पुलमा ठोक्किएर आज बिहान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको प्रसवनी गाविस–५ बस्ने वर्ष ३३ को ज्ञानदेव यादव रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । इलाका प्रहरी कार्यालय उदयपुर ठोक्सिलामा कार्यरत प्रहरी जवानले चलाएको को२६प ३००१ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकोमा राजमार्गमा दुर्घटनामा परेको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते प्रहरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१