Aamsanchar

दाङमा वीभत्स हत्या गरी फालिएका किसाेर-किसाेरीकाे अन्त्येष्टि एकै ठाउँमा

Author Image
मङ्गलवार, कार्तिक १, २०७९

दाङ – दाङमा वीभत्स हत्या गरी फालिएका १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यको अन्त्येष्टि एकै ठाउँमा गरिने भएको छ ।

मृतकका आफन्तले रोशनी र शरदको अन्त्येष्टि दाङको तुलसीपुर उपमहानगरपालिका–१२, शीतलपुरस्थित बबई नदी घाटमा सँगै गर्ने निर्णय गरेका शरदका मामा खेममान खड्काले जानकारी दिए । उनीहरूका चिता एकै ठाउँमा सँगै जलाउने निर्णय गरिएको उनले बताए ।

शवको पोस्टमार्टम गर्नुअघि नै आफन्तले त्यस्तो निर्णय गरेका हुन् ।

आइतबार दिउँसो तुलसीपुर–१३, दमारगाउँस्थित स्थानीय सामुदायिक जंगलमा हत्या गरी फालेको अवस्थामा रोशनी र शरदका शव भेटिएको थियो । सोही दिन बेलुका अबेर उनीहरूका शव तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि ल्याइएको थियो ।

तर, तुलसीपुरमा शव पोस्टमार्टम गर्ने फरेन्सिक विज्ञ नहुँदा ढिलाइ भएको थियो । घोराहीबाट विज्ञसहितको टोली आएपछि मंगलबार बिहान पोस्टमार्टम सुरु गरिएको छ ।

रोशनी र शरद स्थानीय अम्बापुर माविमा क्रमशः कक्षा–८ र ९ मा अध्ययनरत थिए । शरद मामाघर बस्दै आएका थिए ।

गएको असोज २७ गते रातिदेखि बेपत्ता भएका उनीहरूका शव रोशनीको घरनजिकै असोज ३० गते दिउँसो फेलापरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर