झापा।
पूर्वी नेपालका विभिन्न स्थानमा बस्दै आएका भुटानी शरणार्थी तेस्रो मुलुक गएसँगै शिविरहरु रित्तिँदै गएका छन् ।
झापा र मोरङका विभिन्न सातओटा शिविरमा बस्दै आएका भुटानी शरणार्थी अमेरिकालगायत युरोपका विभिन्न मुलुकतिर गएपछि शिविरहरु सुनसानजस्तै भएका छन् ।

पुनर्वास कार्यक्रमअन्तर्गत् सन् २००७ को सेप्टेम्बरदेखि हालसम्म करिब ९८ हजार भुटानी शरणार्थी तेस्रो देशमा पुनस्र्थापित भएको नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)ले जनाएको छ ।

हाल झापाको वेलडाँगी र मोरङको पथरीमा गरी लगभग ३० हजार भुटानी शरणार्थी रहेको यूएनएचसीआरले जनाएको छ ।
Views: 196


