उदयपुर : नेकपा एमालेका उम्मेदवारहरू त्रियुगा नदी किनार सरसफाईमा जुटेका छन्।

पार्टीका कार्यकर्ता लिएर सदरमुकाम नजिकको छठ पूजास्थल त्रियुगा नदी पुगेका प्रतिनिधि सभा सदस्य क्षेत्र नं १ का उम्मेदवार मन्जुकुमारी चौधरी र सोही क्षेत्रको प्रदेश सभा सदस्य २ का उम्मेदवार ईश्वरमणि राउत सरसफाईमा जुटेका हुन्।

छठ पूजास्थल सरसफाईमा व्यवस्थापन समिति, सर्वसाधारण, सामाजिक अयियन्ताहरू जुटिरहेका बेला उम्मेदवार द्वय कार्यकर्ता लिएर पुगेका हुन्।
आयोजकसँगै सरसफाईमा जुटेका उनीहरूले सबै समुदायको आश्था र सांस्कृति धरोहरका रूपमा रहेको छठ पूजामा आफूहरू रहने र रचनात्मक सहयोग गर्ने बताए।

प्रतिनिधि सभा सदस्य उम्मेदवार चौधरीले आफूले दुई दशक बढी समयदेखि बर्सेनि छठ पर्वमा व्रत बसी पूजा आरधना गर्ने गरेको बताइन्।
उनले विगतका वर्षमा छठ पर्व एउटा निश्चित समुदाय मात्र भन्ने बुझाई पछिल्लो समय हराएको र सबैको साझा पहिचानका रूपमा स्थापित भएको बताए।
प्रदेश सभा सदस्य उम्मेदवार राउतले पछिल्लो समय मुलुकमा सबै धर्म जातजातिका पर्वहरू साझा पहिचानका रूपमा स्थापित भएको बताए।
प्रदेश सभा सदस्य उम्मेदवार राउतले पछिल्लो समय मुलुकमा सबै धर्म जातजातिका पर्वहरू साझा पहिचानका रूपमा स्थापित भएको बताए।
धार्मिक आश्था र संस्कृतिको संरक्षणमा जोड दिँदै राउतले संस्कृतिले नै सबै नेपालीलाई एउटै मालामा बुन्ने गरेको उदाहरण दिए।
त्यस अवसरमा उम्मेदवार द्वयले संस्कृति संरक्षण र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए। झाडु लिएर पुगेकी त्रियुगा नगरपालिकाका निवर्तमान उपमेयर देवीकुमारी चौधरी पनि उम्मेदवार सँगसँगै सरसफाईमा जुटेकी थिइन्।

