Aamsanchar

मिर्गाैला रोगी राईलाई सहयोग जुट्दै

Author Image
शुक्रवार, माघ १४, २०७३

दमक।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि पाँचथर रानीटार–३ का फुलकुमार राईको मिर्गाैला प्रत्यारोपण गर्न विभिन्न क्षेत्रबाट सहयोग जुट्दै गएको छ ।

मिर्गाैला रोगी राईको उपचारमा सहयोग जुटाउन सञ्चालित अभियानमा हालसम्म करिब रु दुई लाखभन्दा बढी सहयोग जुटेको छ । अस्ट्रेलियामा बसोबास गर्ने अनिता राई, प्रकाश राई र जेवी राईको सक्रियतामा सङ्कलित रु ९५ हजार नौ सय ९० उपलब्ध गराइएको हो ।

यस्तै, कतारबाट प्रकाश गुरुङको सक्रियतामा रु २३ हजार सातसय ५४ उपलब्ध भएको छ । गत चैतदेखि स्वास्थ्यमा समस्या भएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका राईको दुवै मिर्गाैला ड्यामेज भएको चिकित्सकले जनाएका थिए । निरन्तर डायलाइसिस गराइरहेका राईको आर्थिक अवस्था कमजोर भएका कारण मिर्गौैला प्रत्यारोपण गर्न कठिनाइ भएको थियो ।

यसअघि विभिन्न मुलुक र स्थानीय क्षेत्रमा रहेका दाताले रु एक लाखभन्दा बढी जुटाइसकेका छन् । यसैबीच, मिर्गौलापीडित राईका आफन्त र शुभेच्छुकको सक्रियतामा ‘फुलकुमार बचाउँ अभियान’ नामक संस्था गठन गरिएको छ ।

अभियान संयोजक अशिम राईको पहलमा सहयोग सङ्कलन तीव्र पारिएको छ । मिर्गौला रोगी राईको मिर्गाैला प्रत्यारोपण गर्न रु १५ लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको संयोजक राईले बताउनुभयो ।

Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर