Aamsanchar

काठमाडौँकाे स्वयम्भू स्तुपा जङ्गलमा १४ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

Author Image
शनिवार, कार्तिक २६, २०७९

काठमाडौँ- काठमाडौँमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौँ महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई  प्रहरीले पक्राउ गरेको हो । गिरीले ती बालिकालाई ललाई फकाई काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू स्तुपा जङ्गलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर