Aamsanchar

धरानमा छुरा प्रहारबाट एक युवकको मृत्यु, एक जना पक्राउ

Author Image
सोमवार, वैशाख २८, २०८३

सुनसरी-  धरानमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान उपमहानरपालिका–१० बेलगाछी घर भएका २७ वर्षीय जीवन भुजेल छन् । छुरा प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नरसिंह होम विराटनगर लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले धरान–१९ खिम्दिङक पुलचौकका २८ वर्षीय जिमी अर्जुन विश्वकर्मालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले उनीमाथि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

Views: 25

प्रतिक्रिया (०)