Aamsanchar

स्थानीय निर्वाचन नहुँदा जनताले दुःख पाए–नेता खनाल

Author Image
शुक्रवार, माघ १४, २०७३

इलाम।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकारले निर्वाचनको मिति घोषणा गर्न खुट्टा कमाइरहेको बताउनुभएको छ ।

संविधान कार्यान्वयनका लागि जनपरिचालनअन्तर्गत इलामको पशुपतिनगरमा गाउँ कमिटीले आज आयोजना गरेको कार्यक्रममा उहाँले “सरकारले छिट्टै निर्वाचन मिति घोषणा नगरे मिति घोषणा गर्न एमालेले देशव्यापी रूपमा आन्दोलन सुरू गर्छ” भन्नुभयो ।

अङ्गीकृत नागरिकलाई देशको प्रमुख पद दिन नसकिने बताउँदै उहाँले संविधान संशोधनको प्रस्ताव विदेशीको इशारामा संसद्मा दर्ता भएको टिप्पणी गर्नुभयो । उहाँले देशमा लामो समयदेखि स्थानीय तहको निर्वाचन नहुँदा जनताले दुःख पाइरहेको विचार व्यक्त गर्नुभयो ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका करिब १५० जनालाई उहाँले स्वागत गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर