

तुलसीपुर । मंसीर ४ गते हुने प्रधिनिधि र प्रदेश सभा निर्वाचनको प्रचार प्रसारको अन्तीम दिन आज नेकपा एमालेले तुलसीपुरमा घरदैलो तथा वृहत र्याली सहित प्रदर्शन गरेको छ । बजार क्षेत्रको वडा नम्बर ५ र ६ नम्बरबाट आएका नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।


एमालेको पार्टि कार्यालय तुलसीपुरबाट सुरु भएको र्याली विरेन्द्र चोक,बाहिनी चोक भएर बसपार्क, अरनिको मैदान भएर मदन आश्रित चोकमा आएर कोण सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार कोमल वलीले जनताको साथले नै आफु निर्वाचित हुनेमा ढुक्क भएको बताएकि थिईन । उनले हरेक स्थानमा जादा मतदाताले एमाले प्रति देखाएको माया नै जितको आधार भएको बताएका थिइन ।

Views: 227

