Aamsanchar

तीन औषधि पसलमा सिल

Author Image
शनिवार, माघ १५, २०७३

धनकुटा।

पाख्रिबास नगरपालिकामा अवैधानिक रुपमा सञ्चालनमा रहेका एक क्लिनिकसहित तीन औषधि पसलमा जिल्ला अनुगमन समिति धनकुटाले सिल लगाई बन्द गरिदिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन टोलीले शुक्रबार धनकुटाको पाख्रिबास नगरपालिका–४ बजार क्षेत्रमा रहेको रहेको पाख्रिबास पोलिक्लिनिकलाई बन्द गरिदिएको हो ।

पोलिक्लिनिकमा विभिन्न रोगका विषेशज्ञको सेवा उपलब्ध छ भनेर भ्रममा पार्ने गरिएको र अनुमति बिना भिडियो एक्सरे र प्रयोगशाला सञ्चालन गर्ने गरिएको पाइएपछि सिल लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराईले बताउनुभयो ।

यसैगरी अनुगमन टोलीले नगरक्षेत्रमा सञ्चालनमा रहेका दुई एग्रोभेटसमेत बन्द गरिदिएको छ । एग्रोभेट सञ्चालक जिल्ला पशुसेवा कार्यालय धनकुटामा कार्यरत राजकुमार राई र पाख्रिबास निवासी राम निरौलाले अनुमति नलिई औषधि पसल सञ्चालन गरेको र पसलमा अदक्ष मानिस राखी पशुपक्षीको औषधि र विषादी बेचबिखन गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

पाख्रिबासकै एक किराना पसलमा मदिराजन्य र सूर्तीजन्य पदार्थ खुलेआम बेचबिखन गरेको र कतिपय म्याद नाघेका सामग्री पनि बेच्न राखेको भेटिएपछि अनुगमन टोलीले त्यसमा पनि सिल लगाई बन्द गरिदिएको छ ।

अनुगमन टोलीमा उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, सुरक्षा निकाय, सम्बन्धित क्षेत्रका विज्ञ र उपभोक्ता सङ्घलगायतको प्रतिनिधि रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर