Aamsanchar

सहिद दिवसमा ‘अहिलेसम्मकै’ ठूलो राष्ट्रिय झन्डा सार्वजनिक गरिने

Author Image
शनिवार, माघ १५, २०७३

काठमाडौं।

सहिद दिवसको अवसर पारेर नेपाली देशभक्त युवा समाजले इतिहासमै ठूलो राष्ट्रिय झन्डा सार्वजनिक गरिने जनाएको छ ।
राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष नारायणप्रसाद ढुंगानाले अहिलेसम्मकै ठूलो अर्थात् १० मिटर अग्लो र साढे सात मिटर चौडाइको नेपालको राष्ट्रिय झन्डा सार्वजनिक गरे ।

‘करिब आठ किलो तौल भएको उक्त झन्डा ८३ मिटर रातो कपडा, २६ मिटर नीलो कपडा र २३ मिटर सेतो कपडाले बनाइएको छ, झन्डा आउँदो १६ गते सहिद दिवसका अवसरमा काठमाडौंको माइतीघरमन्डलामा फहराइनेछ’–ढुंगानाले भने ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेको उपस्थितिमा माइतीघरमन्डलामा आइतबार उक्त झन्डा फहराइने सो अवसरमा जानकारी गराइयो ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, पत्रकार ऋषि धमला, समाजसेवीद्वय अनुराधा कोइराला र पुष्पा बस्नेत, खेलाडी विमल घर्तीमगरलगायतलाई सम्मान गरिने समाजले जनाएको छ ।

Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर