Aamsanchar

गौरादहको नामको प्रतिविम्ब 

Author Image
शनिवार, मंसिर ३, २०७९

झापाको पुरानो बजार गौरादहमा बनाईएको गौरी गाईको प्रतिमागौरादह गाई र पोखरीका कारण प्रचलित नाम रहन गएको स्थानीयवासीको भनाई रहेको छ ।

गौरादह नाम रहनु को किम्बदन्ती

पोखरी रहेको ठाँउमा प्राचिनकालमा खाल्डा रहेको र पूर्खाहरुले खाल्डामा गौरीगाई चराउने गरेको जानकारहरु सुनाउँछन् । स्थानीय स्व. नरबहादुर बस्नेतले पोखरी व्यवस्थापन गरेको स्थानीय जय संग्रौलाले बताए । प्राचिन कालमा पोखरी नै पोखरी भएकाले त्यस क्षेत्रको नाम गौरादह राखिएको किम्बदन्ती छ ।

दमक नगरपालिका र गौरीगञ्ज गाउँपालिकाको मध्यभागमा रहेको गौरादह पूर्व पश्चिम राजमार्गको पाडाजुगी सडकखण्डबाट १० किलोमिटर दक्षिणमा पर्छ । गौरादह पछिल्लो समय व्यापारिक दृष्लिे परिचत छ । साविकका जुरोपानी, महारानीझोडा, कोहवरा, बैगुनधुरा र गौरादह गाविस गाभिएर गौरादह नगरपालिका बनेको हो । नगरपालिका क्षेत्र र साविकका गौरीगञ्ज, खजुरगाछी, कोरोबारी गाविसका स्थानीय पनि किनमेलका लागि गौरादह आउने गरेका छन् । २०७२ असोज १ गते नगरपालिका घोषणा भएसँगै सो क्षेत्रको विकासलेसमेत गति लिएको छ ।

हाल यो अवस्थामा रहेको छ पोखरी ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 369

प्रतिक्रिया (०)

सम्बन्धित खबर