Aamsanchar

सनसाइनमा मष्तिष्क र शरीरलाई संगै चलायमान गर्ने नयाँ र रोचक खेलकुद

Author Image
शनिवार, माघ १५, २०७३


बिर्तामोड ।
झापाको बिर्तामोडस्थित नोबल एजुकेशन फाण्डेशन (सनसाइन किन्डर हाउस) ले आफ्नो दशौं बार्षिक खेलकुद कार्यक्रम शनिबार विविध कार्यक्रमसहित सम्पन्न गरेको छ ।
विद्यालयका अध्यक्ष दीपक गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथिको तर्फबाट सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्टले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि विष्टले छोटो समयमा नोबल एजुकेशन फाण्डेशनले विद्यार्थी रमाउन सक्ने बातावरणको सृजना गरी उल्लेख्य प्रगति गर्नुका साथै नमूना शिक्षालय बन्दै गएको बताए । उनले वालमैत्री नमूना विद्यालय हेर्न एक पटक सनसाइन आइदिन पनि आग्रह गरे ।


कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थी, शिक्षक–कर्मचारी, अभिभावकहरुको अलग–अलग प्रतियोगितात्मक खेलकुद गरिएको थियो । विद्यार्थीले नृत्य तथा रोचक खेल प्रस्तुत गरेका थिए । प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि विष्ट, विशिष्ठ अतिथि अनारमनी स्रोतकेन्द्रका स्रोतव्यक्ति केशरबहादुर खवास लगायतले उत्कृष्टहरुलाई पुरस्कार प्रदान गरेका थिए । विद्यालयकी संस्थापक पूजा गिरीले स्वागतसहित विद्यालयको प्रगति र भावी योजना बारे जानकारी गराएको कार्यक्रममा विद्यालयकी प्रिन्सिपल बीना पोखरेलले विद्यालयको गतिविधि बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रमको सञ्चालन तेजस्वी गिरी र अर्पणा श्रेष्ठले गरेका थिए ।
मष्तिष्क र शरीरलाई संगै चलायमान गर्ने नयाँ र रोचक खेलकुद प्रस्तुत भएको थियो ।

२०६४ सालमा ३६ जना विद्यार्थीबाट सनसाइन किण्डर हाउसको नाममा सञ्चालनमा आएको नोवल एजुकेशन फाउण्डेशनमा हाल ३५० विद्यार्थी अध्ययनरत छन् ।
नोबल एजुकेशन फाउण्डेशन स्वच्छ वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने भरपर्दो शिक्षा केन्द्रको रुपमा स्थापित भएको संस्थापक पूजा गिरी बताउँछिन् । उनका अनुसार विद्यालयले अब मावि तह सम्मको अध्ययन अध्यापन गराउने लक्ष्यका साथ काम अघि बढाएको छ ।
खेल्दै, हेर्दै, खाँदै, रम्दै पढ्न पाउने उक्त विद्यालयमा हरेक वर्ष समय अगावै विद्यार्थी भर्ना कोटा पूरा भइसक्ने बताइन्छ । आधुनिक खेल सामग्रीको व्यवस्थापनका साथ विभिन्न धार्मिक, सांस्कृतिक पर्वमा हुने विशेष समारोह र अतिरिक्त क्रियाकलाप विद्यालयका आकर्षण रहेको प्रिन्सिपल बीना पोखरेल बताउँछिन् ।
ताजा र पोषणयुक्त खानेकुराका साथ खेल्ने वातावरण र गुणस्तरीय शिक्षाका कारण हरेक बालबालिकाको रोजाइमा नोबल एजुकेशन फाउण्डेशन (सनसाइन) पर्ने गरेको छ । हरेक कोठामा ३० भन्दा वढी विद्यार्थी राखिएको छैन । सुरक्षा तथा अन्य दृष्टिकोणले बाह्य गतिविधि नियाल्न विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको बताइएको छ ।


विद्यालयमा ४ चालक, ३ डान्स शिक्षक र लेखापाल बाहेक ४२ जना शिक्षक कर्मचारीमा सबै महिला नै रहेका छन् । ‘महिलाकै नेतृत्व र हेरचाहमा भएर होला उत्कृष्ट शिक्षालय लाग्छ’– कार्यक्रममा उपस्थित अभिभावकद्वय शिवकुमार अग्रवाल र प्रकाश शिवाकोटीले भने– ‘आफ्ना नानी नोबल (सनसाइन)मा पढाउन पाएर ढुक्क छौं ।’
बिर्तामोड, शनि–अर्जुन, कनकाई गरी तीन नगर र गरामनी गाविसका बालबालिका त्यहाँ पढ्छन् । हाल भवन र खेल मैदानसहित १२ कठ्ठा जग्गामा छ उक्त शिक्षालय छ । ‘अब प्ले गु्रपदेखि तीन सम्मका विद्यार्थी अहिले भएकै भवन र क्षेत्रमा रमाउने छन्’– विद्यालयका अध्यक्ष दीपक गिरी भन्छन्– ‘कक्षा ४ देखि माथिका विद्यार्थीका लागि बुट्टाबारी क्षेत्रमा २ बिगाह जग्गामा फराकिलो खेल मैदान, स्वीमिङपुलसहित छुट्टै भवन बनाउँदैछौं ।’ उनका अनुसार आगामी शैक्षिकसत्रबाट उक्त कार्य सुरु हुनेछ । विद्यालयले चार वटा सुविधायुक्त गाडी विदार्थीको लागि उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर