Aamsanchar

अठ्ठाइसौँ औद्योगिक प्रदर्शनी फागुनमा

Author Image
सोमवार, माघ १७, २०७३

काठमाडौँ।

घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा २८ औँ औद्योगिक प्रदर्शनी फागुन १२ देखि १७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ ।

‘मेड इन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ’ भन्ने मूलनाराका साथ २८ औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम हुन लागेको हो ।

समितिका प्रवक्ता राजेन्द्र मिश्रले स्वदेशी वस्तुलाई एउटै छानामुनीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रदर्शनीमा ७५ वटै जिल्लाका लघु, घरेलु तथा साना उद्यमीको सहभागीता गराइने कार्यक्रम रहेको छ ।”

प्रदर्शनीको माध्यमबाट उद्यमीलाई आफ्ना विविध वस्तु प्रदर्शन तथा बिक्रीका माध्यमबाट अत्यधिक फाइदा पुग्ने अपेक्षा समितिले राखेको छ । प्रदर्शनीमा प्राकृतिक रेशाबाट उत्पादित कपडा, सुर्खेत, जाजरकोटको किमती पत्थर, सिस्नुको पाउडर, जडीबुटी, बाँसका कपडा, मिथिला आर्ट, छ्वालीका विविध सामान, करुवा, खुकुरी, अल्लोबाट निर्मित सामान, ढाकाबाट निर्मित सामान तथा छालाजन्य वस्तु राखिने समितिले जनाएको छ । प्रर्दशनीमा तीनसय कक्ष रहनेछन्

Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर