Aamsanchar

बाबुको हत्या र आमाले दोस्रो बिहे गरेर गएपछि चार बालबालिका बिचल्ली

Author Image
सोमवार, माघ १७, २०७३

जाजरकोट ।

जाजरकोट ढिमे–२ मालुबेलामा डोल्पाका चार बालबालिका बिचल्लीमा परेका छन् ।  डोल्पा, फुलचिङ–खदाङका बाबु बुद्धिबहादुर बुढाको हत्या भएको र आमा रतनकली कामीले दोस्रो बिहे गरेर गएपछि उनीहरु बिचल्लीमा परेका हुन् ।

अज्ञात व्यक्तिले ६ वर्षअघि बाबुको हत्या गरेको र एक वर्षअघि आमा रतनकलीले डाँडागाउँ–७ चाउलेचौरमा बिहे गरेर गएपछि चार वर्षीय अनिल, ६ वर्षीया रेखा, ८ वर्षीया चन्द्रा र १० वर्षीया पार्वती बिचल्लीमा परेका हुन् ।

द्वन्द्वकालमा माओवादी पार्टीका कार्यकर्ता हुँदा अन्तरजातीय विवाह गरेका उनीहरू–९ वर्षदेखि ढिमेको मालुबेलामा बस्दै आएका थिए ।

बाबुको हत्या भएको पाँच वर्षसम्म आमा रतनकलीले मजदुरी गरेरै छोराछोरीको लानपालन गरेको स्थानीय जगत मल्लले बताए ।

जग्गा–जमिन, घरबास केही नहुँदा ३० वर्षीय रतनकलीले छोराछारीको लालनपालन गर्न नसक्ने अवस्था आएपछि दोस्रो बिहे गर्न बाध्य भएको मल्लले बताए ।

‘ती बालबालिकाको आफन्त छन् वा छैनन्, कसैले वास्ता गरेका छैनन्’–उनले भने–‘चारै भाइ-बहिनीलाई डोल्पामा घर छ, छैन भन्ने पनि थाहा छैन ।’ उनीहरुका लागि प्रमुख समस्या भनेको नै गाँस, बास र कपासको हो ।’

गाउँमा अर्काको गोठाला गरेर उनीहरू पेट पाल्न बाध्य भएका छन् । गरिबीका कारण नाबालक नाति–नातिनाको लालनपालन गर्न नसकेको ७० वर्षीय हजुरआमा देवी कामीले बताइन् ।

‘मागेर कसरी लालनपालन गर्ने ?’ उनले भनिन्–‘कमाइ गर्ने कोही नहुँदा समस्या भएको छ । गोठालो गरेर गाँसबास र लत्ताकपडा जुटाउनुपरेको छ । पठनपाठनको व्यवस्था मिलाउन सकिएको छैन ।’ घरको आर्थिक अवस्था कमजोर रहेकाले समस्या भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर