Aamsanchar

पत्रकार वाग्ले र निरौला सम्मानित

Author Image
सोमवार, माघ १७, २०७३

बुधबारे ।

SAMSUNG CAMERA PICTURES

 

बुधबारे जेसीजले आफ्नो चौथो पद हस्तान्तरणको अवसर पारेर सोमबार २ जना झापाली पत्रकारलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा पूर्वेली साप्ताहिकका सम्पादक अनिल वाग्ले र पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला रहेका छन् । पत्रकारिता पेशाको माध्यमबाट समाजलाई सकारात्मक बाटोमा डो¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरुलाई बुधबारे जेसीजले सम्मान गरेको हो ।
वुधबारे जेसीजका वर्ष २०१६ का अध्यक्ष जेसी सेमन्त पोखरेलको सभापतित्व तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वर्ष २०१७ का अध्यक्ष जेसी रमेश वराललाई वर्ष २०१६ का उपाध्यक्ष जेसी सेमन्त पोखरेलले चेन हस्तान्तरण गर्दै पद हस्तान्तरण गरिएको थियो ।

कार्यक्रम संयोजक अनिल वाग्लेले स्वागत तथा औचित्य माथि प्रकाश पारेको कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष मञ्जरी घिमिरे, पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष छविलाल खतिवडा, नेपाल जेसीजका महासचिव भरत प्रसाईं, प्रमुख अतिथि अधिकारीले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा ५ दर्जन बढीलाई बर्ष २०१६ का अध्यक्ष जेसी सेमन्त पोखरेलले मायाको चिनो प्रदान गरेका थिए ।
वर्ष २०१६ का महासचिव प्रकाश भण्डारी र बर्ष २०१७ का महासचिव अनिल वाग्लेले संञ्चालन गरेको कार्यक्रममा विभिन्न शाखाका अध्यक्ष, स्थानीय राजनीतिक दलका प्रमुख तथा विभिन्न संघसंस्थाका प्रमुखहरुको आतिथ्यता रहेको थियो । पाँचौ वर्ष प्रवेश गरेको बुधबारे शाखाले सो शाखाका वर्ष २०१५ का अध्यक्ष जेसी अतुल प्रसाईलाई यो बर्ष राष्ट्रिय उपाध्यक्षका रुपमा पाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर