इनरुवा ।

सुनसरीको नरसिंह गाविसमा सोमबार पैतालीस जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

स्थानीय शान्ति समिति नरसिंहको आयोजना र गाविसको सहयोगमा ४५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । गाविसको प्रत्येक वडाबाट ५÷५ जनाको दरले ४५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको सामाजिक परिचालक रामचन्द्र यादवले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिकलाई हरलिक्स, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको बताइएको छ । सम्मान कार्यक्रममा पूर्व सांसद शिवनारायण उराँव, पूर्व प्रधानाध्यापक हरिगोविन्द यादव, गाविस सचिव जीवराज दाहाल, भोक्राहाका शान्ति समितिका संयोजक हारुण अन्सारी, मोलिम अन्सारी र प्रमुख अतिथि जिल्ला विकास समितिका योजना तथा प्रशासकीय अधिकृत शिवकुमार निरौलालगायतले सम्मान गर्नुभएको थियो ।

Views: 107

