Aamsanchar

अमेरिकी संसदबाट समलिङ्गी विवाह सम्बन्धि कानून पारित

Author Image
शुक्रवार, मंसिर २३, २०७९

काठमाडौं : अमेरिकी संसदले समलिङ्गी सम्बन्ध र अन्तरजातीय विवाहलाई संरक्षण गर्ने ऐतिहासिक विधेयक पास गरेको छ।

यस अघि अमेरिकी संसदको माथिल्लो सदन सिनेटले यो विधेयलाई पास गरिसकेको थियो। तल्लो सदनबाट पनि पास भएपछि अब राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि यसले कानुनको रुप लिनेछ।

राष्ट्रपति बाइडेनले यो ऐतिहासिक विषय भएको भन्दै आफूले गर्वका साथ हस्ताक्षर गर्ने बताएका छन्।  तल्लो सदनमा रिपब्लिकन पार्टीका ३९ सांसदले विधेयकको समर्थनमा मतदान गरेका थिए। अहिले अमेरिकी संसदको तल्लो सदनमा डेमोक्रेटिक पार्टीको बहुमत छ।

यद्यपी हालै सम्पन्न मध्यावधी चुनावको नतिजाका कारण आगामी जनवरीबाट रिपब्लिकन पार्टीले बहुमत हासिल गर्नेछ।

अमेरिकी सर्वोच्च अदालतले रूढिवादी विचारधाराका न्यायाधीशहरूको नेतृत्वमा गर्भपतनसम्बन्धी पुरानो निर्णयलाई उल्टाइदिएपछि अमेरिकामा यस विधेयकको बहस सुरु भएको थियो।

 

Views: 294

प्रतिक्रिया (०)