Aamsanchar

हाँसोको बजार

Author Image
शुक्रवार, मंसिर २३, २०७९

फोटो: बिनोद पाण्डे/आमसंचार

संसारभर नै हाँसोको बजार ठूलो छ। र, हास्यको आवरणमा धेरै रस र भावहरू सम्प्रेषण गर्न सक्ने भएकाले नै यसको बजार यति ठूलो भएको हो। यो बजारको मुख्य मन्डी सिनेमा र टेलिभिजन हुँदै इन्टरनेटसम्मको श्रव्यदृश्य माध्यम नै हो र इन्टरनेटको विस्तारसितै यो अझ फस्टाउँदै र मौलाउँदै गएको छ। भारतका प्रसिद्ध हास्य कलाकार कपिल शर्माले आफ्नो टेलिभिजन कार्यक्रमबाट गरेको कमाइबाट नै गत वर्ष रू. १५ करोड (भारू) कर तिरेको बताइन्छ। नेपालमा पनि पछिल्लो समय अरू विधाका कलाकारले भन्दा हास्य कलाकारले बढी पैसा कमाउँछन् भन्ने विश्वास गरिन्छ।

टेलिभिजनले आफ्ना दर्शकलाई हँसाउनका लागि प्रयोग गरेका उपायहरू सबै अस्वाभाविक हुन्छन्। टेलिभिजन कमेडीको मुख्य सिद्धान्त हो, म फटाफट हिँड्नसक्छु, मैले अर्काको अस्वाभाविक हिँडाइमा हाँसे हुन्छस म स्पष्ट बोल्नसक्छु, मैले अर्काको अस्वाभाविक बोलीमा रमाए हुन्छ।
तर, दुर्भाग्यवश यो बजारमा बेचिने ‘हास्यरस’ साह्रै चोखो भने देखिँदैन।

टेलिभिजनले आफ्ना दर्शकलाई हँसाउनका लागि प्रयोग गरेका उपायहरू सबै अस्वाभाविक हुन्छन्। टेलिभिजन कमेडीको मुख्य सिद्धान्त हो, म फटाफट हिँड्नसक्छु, मैले अर्काको अस्वाभाविक हिँडाइमा हाँसे हुन्छस म स्पष्ट बोल्नसक्छु, मैले अर्काको अस्वाभाविक बोलीमा रमाए हुन्छस म आफूलाई राम्रो ठान्छु, मैले आफूलाई मन नपर्ने मुखाकृति हेरेर हाँसे हुन्छ। अनौठा थेगोहरू, अप्ठ्यारामा परेका सम्बन्धहरू, जिल्लिएका मान्छे आदि हाम्रो हास्यकारिताका अरू विषय हुन्।

समुदाय विशेषलाई होच्याउने वा उडाउने जोक संसारभर चल्तीमा छन्। सरदारजीको ठट्टा भारतमा मात्र नभएर दक्षिण एसियाकै हाँस्ने विषय भएको छ। हाम्रो हास्यबजारमा जात र लिङ्गमा आधारित ठट्टा, चुट्किला र उखानतुक्का धेरै बिक्छन्। त्यसरी नै कुनै न कुनै प्रकारले ठट्टामा उडाइने महिलाहरू नै हुन्। अर्कालाई त उडाए उडाए, आफ्नी आमा, श्रीमती र छोरीलाई उडाएका जोक सुनेर वा भनेर मान्छे कसरी हाँस्न सक्छन्, म बुझ्दिनँ।

रिक्रुटमेन्टर आफूभन्दा कमजोरलाई जबर्जस्ती कुतकुती लाएर, जिस्क्याएर, सताएर, उडाएर, छेड हानेर, दोष लगाएर, कुरा बुझेन वा नबुझिनेगरी बोल्यो भनेर, घोचपेच गरेर, होच्याएर वा टुप्याएर मरीमरी हाँस्ने समाज राम्रो होइन।
त्यसैले मलाई हास्य कार्यक्रमहरू हेर्दा हाँसोभन्दा धेरै बढी रिस उठ्छ। म टेलिभिजन हेरेर हाँस्न पटक्कै सक्दिनँ। मलाई चुट्किलाहरू सुनेर हाँस्न साह्रै गाह्रो लाग्छ। कहिलेकाहीँ हाँसिहालेँ भने पनि अधिकांश अवस्थामा भित्र कतै चस्स बिझाएजस्तो हुन्छ। त्यसैले म प्रायः हास्य कार्यक्रमहरू हेर्दिनँ। चुट्किला नै सुन्दिनँ त नभनूँ, तर अधिकांश अवस्थामा चुट्किला सुनेर पनि रमाउन सक्दिनँ।

मलाई, तपाईँलाई वा हामीजस्ता धेरैलाई चल्तीका हास्यशैली र हास्य कलाकार मन नपरे पनि त्यस्ता कार्यक्रमको एकछत्र राज चलेको चल्यै छ। हाँसोका कठोरता र कुटिलताका बारेमा धेरै कुरा जान्दाजान्दै पनि त्यस्तै अनुपयुक्त सामग्रीले समेत कहिलेकाहीँ हामीलाई हँसाउँछन् (र विवेक प्रयोग गरेर नहाँस्न कर लाग्छ)। किनभने मान्छेलाई हाँस्न मनपर्छ। हाँसो मीठो नमीठो जस्तो भए पनि हाँसेर कोही पनि अघाउँदैन।

मलाई लाग्छ, कुनै पनि समाजको मूल्याङ्कन त्यो समाज कस्ता कुरामा हाँस्छ भन्ने कुराका आधारमा सबभन्दा राम्ररी गर्न सकिन्छ। आफूभन्दा कमजोरलाई जबर्जस्ती कुतकुती लाएर, जिस्क्याएर, सताएर, उडाएर, छेड हानेर, दोष लगाएर, कुरा बुझेन वा नबुझिनेगरी बोल्यो भनेर, घोचपेच गरेर, होच्याएर वा टुप्याएर मरीमरी हाँस्ने समाज राम्रो होइन। यस्ता हास्यले मलाई त चसक्क घोच्छन् र मलाई लाग्छ, तपाईँलाई पनि घोच्नुपर्छ।  श्रोत: हिमालखबर ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर