काठमाडौं,
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क कार्यक्रम समितिको ५३ औँ बैठक काठमाडौंमा बुधबार हुने भएको छ । सार्कको अध्यक्षका रुपमा नेपालले कार्यक्रम समितिको बैठक आयोजना गर्न लागेको हो ।
बैठकमा आठवटै सदस्य देशका परराष्ट्र मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका सहसचिव सहभागी हुनेछन् । गएको चैतदेखि अहिलेसम्म भएका सार्कका गतिविधि, सार्क सचिवालय सञ्चालनका साथै आगामी वर्षको बजेट लगायत विषयमा बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालय, क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
पाकिस्तानमा आयोजना हुने सार्क शिखर सम्मेलन स्थगित भएकाले अध्यक्षता हस्तान्तरण नहुँदा नेपालले बैठक आयोजना गर्नुपरेको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 186