काठमाडौं – झारफुकको बहाना गरी जवरजस्ती करणी गरेको आरोपमा एक जना युवक कपिलवस्तुमा पक्राउ परेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनलाई प्रहरीले पक्राउ गरेको हो । हरिजनले यहि मंसिर २० गते २७ वर्षीया एक युवतीलाई झारफुक गर्ने निहुँमा जवरजस्ती करणी गरी फरार भएका थिए । पीडित युवतीको जाहेरीपछि हरिजनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । विरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठीक हुने भन्दै जवरजस्तीकरणी गरेको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपकबाबु केसीका अनुसार पक्राउ परेका हरिजन लामाधामी गर्दै आएका व्यक्ति हुन् । झारफुक गरेर रोग निको गरिदिने बहानामा हरिजनले जवरजस्ती करणी गर्न खोज्दा युवतीले उजुरी गरेकी हुन् ।