Aamsanchar

थापा परिवारले बनाए सरस्वतीको मन्दिर

Author Image
बुधवार, माघ १९, २०७३

बिर्तामोड, माघ १९।
झापाको शनिअर्जुन–६ वैशाबाडीस्थित नवज्योति आधारभूत विद्यालयमा निर्मित सरस्वतीको मन्दिरको आज बुधबार उद्घाटन भएको छ । स्थानीय चन्द्रमाया थापासहित थापा परिवारले निर्माण गरेको सरस्वतीको मन्दिरको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल र दाता परिवारको तर्फबाट चन्द्रमायाले संयुक्तरुपमा उद्घाटन गरे । सो अवसरमा मन्दिरमा रहेको शिलालेख समेत अनावरण गरिएको थियो ।

थापा परिवारले प्रदान गरेको पाँच कठ्ठा जग्गामा २०६५ सालमा उक्त विद्यालय स्थापना भएको हो । समारोहमा मन्दिर निमार्णदाता चन्द्रमाया, दाता परिवारको तर्फबाट तीलक–विष्णुकला थापा, राजेन्द्र–अर्चना थापा, कुमार –इन्दिरा थापा र विशाल–समृद्धि थापालाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।


सोही कार्यक्रममा विद्यालयका पूर्व शिक्षक पुष्पा दाहाल र दुर्गा तिम्सिना तथा चन्दादाता धनबहादुर पन्धाकलाई समेत प्रशंसापत्र प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य ओमप्रकश लुइटेलले जानकारी दिए ।
समारोहका अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार खतिवडाले विद्यालयको पृष्ठभूमिसहितको गतिविधिबारे जानकारी गराएका थिए ।


कार्यक्रममा प्रमुख अतिथि ढकाल, सहायक जिल्ला शिक्षा अधिकारी होमनाथ भण्डारी, दाता परिवारका तर्फबाट अर्चना थापा, नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष डम्बर थापाले मन्तव्य राखेका थिए ।
एक सय ४६ जना विद्यार्थी अध्ययरत् सो विद्यालयमा ५ शिक्षक, २ जना बालविकासका शिक्षक र १ जना कर्मचारी रहेको प्रधानाध्यापक रमेशराज भट्टराईले जानकारी दिए । डिल्ली सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन गोपाल चम्लागाईले गरेका थिए । कार्यक्रममा आयाम कला केन्द्रका कलाकारका साथै स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।शिक्षासेवी जयनारायण ढुंगानाले विद्यालयमा पानीट्यांकी निर्माणका लागि २५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेको व्यवस्थापन समितिका सदस्य लुइँटेलले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर