Aamsanchar

बर्खास्त भए चीनको कम्युनिष्ट पार्टीबाट पूर्व उद्योग तथा सूचना प्रविधि मन्त्री

Author Image
मङ्गलवार, पौष ५, २०७९

काठमाडौं –चीनको कम्युनिष्ट पार्टीबाट पूर्व उद्योग तथा सूचना प्रविधिमन्त्री सियाओ याछिङलाई बर्खास्त गरिएको छ । उहाँले सीपीसीको अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आरोप छ ।

शीर्ष एन्टी–ग्राफ्ट एजेन्सीले गरेको अनुसन्धानमा सियाओले आफ्नो काममा निष्पक्षतामाथि सम्झौता गरेको र अरूबाट ठूलो रकम लिएको देखिएकाले कारबाही गरिएको सीपीसी केन्द्रीय अनुशासन आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सियाओलाई पार्टीबाट निष्कासन तथा पदबाट बर्खास्त र सार्वजनिक हैसियतमा घटुवा गरी बर्खास्त गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

Views: 163

प्रतिक्रिया (०)