Aamsanchar

खाना पकाउने ग्यासकाे सिलिन्डर विस्फाेट हुँदा १२ जनाको ज्यान गयाे

Author Image
मङ्गलवार, पौष ५, २०७९

पाकिस्तानमा खाना पकाउने ग्यासकाे सिलिन्डर विस्फाेट हुँदा १२ जनाको ज्यान गएको छ । ग्यास सिलिन्डर विस्फाेट हुँदा अन्य १३ जना घाइते भएका छन् ।

पाकिस्तानको बलुचिस्तान प्रान्तको लासबेला जिल्लामा एक पसलमा ग्यास सिलिन्डर भर्ने क्रममा विष्फोट भएको थियो । विस्फाेटपछि आगो लागेको र आगोले अरू सिलिन्डर पनि पड्किँदा धेरै क्षति भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

विस्फाेटमा घाइते भएका १३ जनामध्ये केहीको अवस्था चिन्ताजनक रहेको खबरमा उल्लेख छ । विस्फाेटपछिको आगलागीबाट चार वटा पसल र १२ वटा गाडी जलेर ध्वस्त भएका छन् ।

Views: 245

प्रतिक्रिया (०)