Aamsanchar

सेनाको बेसक्याम्पमा तोडफोड गरी हतियार चोरेर कालो बजारी  गरेको आरोपमा आठ इजरायली बेदुइन पक्राउ

Author Image
बुधवार, पौष ६, २०७९

जेरुसेलम : इजरायली सेनाको बेसक्याम्पमा तोडफोड गरी हतियार चोरेर कालो बजारी  गरेको आरोपमा आठ इजरायली बेदुइनलाई पक्राउ गरिएको इजरायली सुरक्षा एजेन्सी (शिन बेट) ले   जनाएको छ ।

अक्टोबरमा नेगेभको दक्षिणी क्षेत्रमा रहेको इजरायली सेनाको एसडे यमन बेसमा रहेको गोलाबारुद गोदामबाट करिब ३० हजार कारतूस हतियार चोरी भएको थियो।

शिन बेटका अनुसार संदिग्धहरू सबै बेरशेवाको उत्तरी ताराबिन अल-सानाको बेदुइन समुदायका हुन्। संदिग्धहरू हारोन ए-साने, मामन ए-साने, मोहम्मद ए-साने र हमेद ए-साने लगायतका रहेको बताइएको छ । अब्दुल करिम अल-सने र तारेक अल-सनाई भनेर चिनिने अन्य दुई व्यक्तिले चोरीको बारुद बेच्ने काम गर्ने गरेको अनुसन्धानले खुलेको छ  ।  चोरीका केही हतियार खरिद गर्ने तेल शेवाका असमत अबु अल्योन र उदय अबु सरिहान पनि पक्राउ परेका छन्।

Views: 179

प्रतिक्रिया (०)