Aamsanchar

श्रीमानको कुटाइबाट महिलाको मृत्यु

Author Image
शनिवार, माघ २२, २०७३

धनगढी ।

चितवन जिल्ला घर भई हाल धनगढीको ट्राफिक चौराहामा बस्दै आएका ३० वर्षीया लक्ष्मी भण्डारीको गएराति उहाँका श्रीमान परशुराम भण्डारीको कुटाइबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय एक होटेलमा सुरक्षा गार्डको रुपमा कार्यरत भण्डारीको कुटपिटबाट घाइते भएका लक्ष्मीको उपचारका लागि अस्पताल पु¥याउँदा बाटैमा मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरी डेरा पुगेका परशुराम र लक्ष्मीबीच विवाद भएको थियो । प्रहरीले भण्डारीलाई पक्राउ गरेको छ ।

Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर