काठमाण्डाै – देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।
अहिले बदली भएका केही ठाउँमा दिउँसो घाम लाग्ने तर केही ठाउँमा भने आंशिक बदली भइरहने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले केही दिनयता बादल लाग्न थाले पनि तत्काललाई वर्षाको सम्भावना कमै रहेको उहाँले बताउनुभयो । बादलका कारण जाडो भने बढ्दै गएको छ ।
देशका प्रायजसाे भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाे तथा तराईका जिल्लामा बिहानीपख हुस्सु र कुहिरो लाग्दै गएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाकाे आग्रह छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 167