Aamsanchar

दुई हजार रुपैयाँ घुससहित पुनर्निर्माणमा खटिएका इन्जिनियर पक्राउ

Author Image
सोमवार, माघ २४, २०७३

विदुर:

नुवाकोटमा दुई हजार रुपैयाँ घुससहित एकजना इन्जिनियर पक्राउ परेका छन्। भूकम्पपछिको आवास निर्माण प्रक्रियाका लागि नुवाकोटको पुर्वी भेगको गाविसमा खटिएका रुपन्देही सिर्दाथनगर नगरपालिका–१ का ३० वर्षीय इन्जिनियर प्रवीणकुमार श्रीवास्तव दुई हजार रुपैयाँ घुससहित सोमबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जीतेन्द्र वस्नेतले जानकारी दिए।

वेलकोट–३ सुन्दरवजारमा सोमवार आवास निर्माणका लागि नक्सा पास गराइदिन्छु भन्दै इन्जिनियर श्रीवास्तवले भूकम्पपीडितसँग दुई हजार रुपैयाँ घुस लिएका थिए। पक्राउ परेका इन्जिनियरलाई विभागीय कारवाहीका लागि उनी कार्यरत सहरी तथा भवन निर्माण डिभिजन कार्यालय नुवाकोटमा वुझाइएको बस्नेतले बताए।

सहरी तथा भवन निर्माण डिभिजन कार्यालय नुवाकोटका करारमा कार्यरत इन्जिनियर श्रीवास्त गत महिनादेखि पुनःनिर्माण प्राधिकरण अन्र्तगत वेलकोट गाविसमा खटिएका थिए। भूकम्प पीडित स्थानीय वद्री तिवारीसँग दुई हजार रुपैयाँ घुस लिएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको हो।

तिवारीको निर्माणाधिन घर निजी आवास अनुदान कार्यविधि अनुसार नभएकाले इन्जिनियर श्रीवास्तवले वेलकोट–३ सुन्दरवजारमा रहेका भूकम्प पीडितहरुसंग नक्सा पासका लागि रकम मागेको स्थानीयले वताएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)