म्याग्दीको मालिका गाउँपालिका घर भएर काठमाडौंको जोरपाटी बस्दै आएकी मनिषाले फिनल्याण्ड सपना देखाएर ७ लाख रुपैयाँ ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सामाजिक सञ्जाल फेसवुक, इमो र ह्वाट्सएप मार्फत सम्पर्क गरेर उनले ‘फिनल्यान्ड १ लाख ४२ हजार कमाई हुन्छ’ भनेर त्यहाँ पठाउने आश्वासन बाँड्ने गरेकी थिइन् । नक्कली ‘जव अफर लेटर’ र ‘वर्क परमिट’ सामाजिक सञ्जालमार्फत पठाएर उनले जनही ५ लाख लाग्छ भनेर पीडितलाई काठमाडौं बोलाउने गरेकी थिइन् ।
पैसा लिएपछि उनि सम्पर्क बिहिन हुने गरेको पीडितहरुले प्रहरीलाई बताएका छन् । आरोपीलाई थप अनुसन्धान र कारावाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको एसपी कोइरालाले जानकारी दिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 90