Aamsanchar

३ दिन कैद र ३ लाख जरिवाना ताेकीएर फरार चारपानेका युवक पक्राउ

Author Image
शुक्रवार, पौष २९, २०७९

झापा- बैंकिङ कसुर मुद्धामा फरार रहेका बिर्तामोड २ चारपानेका ३९ वर्षिय सागरप्रसाद सिलवाल पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७७ माघ १९ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्धामा उनलाई ३ दिन कैद, ३ लाख जरिवाना र १२ हजार रुपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति भराउनु पर्ने तोकिएको थियो । झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि कारागार पठाइएको डीएसपी बसन्त पाठकले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर