Aamsanchar

सप्तरीमा तीन बर्षिय बालकको हत्या, हत्यामा संलग्न महिला पक्राउ

Author Image
सोमवार, माघ २४, २०७३

सप्तरी, 


सप्तरीको पातो-६ मा आफ्नै तीन वर्षिय भतिजाको घाँटी थिचेर हत्या गर्ने महिलालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पातो-६ बस्ने २५ बर्षिया उर्मिलादेवी मण्डल रहेकी छिन्।

पातो- ६ बस्ने धर्मदेव मण्डलको छोरा रामअवतार मण्डलको हत्या उनकै काकी उर्मिलादेवी मण्डलले घरायसी विवादको निहुँमा रिसिईवी साध्न गरेको खुल्न आएपछी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

रामअवतारको शव आइतबार दिउँसो ४ बजे घाँटी थिचेर हत्या पश्चात साडीको कपडामा पोको पारी सेतो प्लाष्टिकको बोरामा हाली लुकाईएको अवस्थामा बालककै घर पछाडी रहेको मलघारीमा भेटिएको थियो। तीन दिनअघि मृतक रामअवतारका आमा र काकी उर्मिलादेवीविच घरायसी वाद-विवाद भएको र सो क्रममा उर्मिलाले मृतककी आमालाई तेरो छोरा मारिदिन्छु भनेर घम्की दिएकी थिईन्।

पक्राउ परेकी उर्मिलादेवीले आइतबार दिउँसो २ बजे घरका सबै जना  काममा बाहिर गएको अवस्थामा सोही मौका छोपी रामअवतारलाई उनकै घर आँगनमा घाँटी निमोठेर हत्या गरेको र शव लुकाउन बोरामा हाली मलघारीमा राखेको स्वीकार गरेकी छिन्।

महिलालाई कर्तव्य ज्यान शिर्षक मुद्दामा जिल्ला अदालत राजविराजबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर