Aamsanchar

शिक्षकलाई महिनैपिच्छे तलब बाँड्न सफ्टवेयर विकास गरिँदै

Author Image
मङ्गलवार, माघ २५, २०७३

काठमाडौं :

सरकारले विद्यालय शिक्षकको तलब अब महिनैपिच्छे भुक्तानी गर्ने निर्णय गरेको छ। तलब वितरण प्रणालीलाई चुस्त बनाउन तथ्याङ्क प्रविधिको प्रयोग गर्ने तयारी भएको छ।

यसअघि चौमासिक रुपमा तलब वितरण गर्दा व्यवस्थापन सजिलो र व्यवस्थित भए पनि मासिक भुक्तान प्रणालीमा एकरुपता ल्याउन मासिक तलबलाई तथ्याङ्क प्रणाली विकास गरी वितरण गर्न लागिएको हो। सरकारले अब शिक्षकको तलबका लागि मात्र लगभग २ अर्ब ७० करोड रुपैयाँ मासिक निकासा गर्नुपर्ने भएको छ।

मासिक रुपमा तलब वितरण गर्नुपर्ने बाध्यताका कारण समयमै शिक्षकको हातमा रकम पुर्‍याउन चुनौती देखिएपछि तथ्याङ्क प्रणाली विकास गर्न लागिएको शिक्षा विभागले जनाएको छ। सरकारले शिक्षकलाई मासिक रुपमा वितरण गर्नुपर्ने २ अर्ब ७० करोड रुपैयाँ बराबरको रकम समयमै शिक्षकको हातमा पुर्‍याउन कागजातको सट्टा तथ्याङ्क प्रणाली प्रयोग गरी वितरण गर्ने योजना बनाएको हो।

यो प्रणाली विकासपछि प्रत्येक शिक्षकले पाउने रकम, शिक्षकको संस्था र अवस्था खोजी गर्न सजिलो हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर