Aamsanchar

‘’मन्दिरमा पुजा निषेध गर्नेलाई दण्डित कसले गर्ने’’

Author Image
मङ्गलवार, माघ २५, २०७३

भरत शिवाकोटी

  [युएई]

२१ औंशताब्दीमा विश्व दौडीरहदा आज पनि १६ औं शताब्दीका अभ्यास र रुढिवादिताले समाजलाई बेला बेला दुखाइरहेको छ,पीँडाबोध गराइरहेको छ |

खासगरी समाजका केहि अगुवा अनि प्रतिष्ठित व्याक्तिहरु सँगै धर्म भित्रका विकृत पक्षहरुले आजपनि जातका नाममा व्याक्तिलाई अपमान गरिरहेको छ,उसको अधिकार कुण्ठित मात्र गरेको छैन संविधानत: प्राप्त अधिकारको खिलाफा पनि गरिरहेको छ |

घटना हो २२ माघ अपरान्हको, रामेछाप जिल्ला बेताली गा.बि.स. वडा न.- ३ स्थित सेरि मन्दिरमा कृष्ण बहादुर बि.क.आफ्नी छोरीको भाकल पुजा गर्न गए | तर वि. क. ले मन्दिरमा फूलपाती चढाउँदै प्रशन्नताव्यक्त गर्न देखेको सपना धमिलिन भने केहि क्षण पनि लागेन |

जब कृष्ण वि. क. ले फुल चढाउँदै पुजा आराधना शुरु गरे तब उनलाई अपमान गर्दै कामीले मन्दिर प्रवेश गर्यो र मन्दिर अपवित्र भयो भनि पुजारीले पुजा रोके |तत्पश्चात मन्दिर संचालक समितीका अध्यक्ष जगत बहादुर कार्कीलेमन्दिर अपवित्र भएको भन्दै ब्राम्हण लगाई उक्त मन्दिरमा रुद्रि पुजा गरि मन्दिर चोख्याउने काम गरे |

घटना यतिमा मात्र सिमित नभई अपमानित गरिएका वि. क. लाई समाज राखि मन्दिर प्रवेश गरे बापत जबर्जस्ती ५००० रुपैया दण्ड जरिवानाको फैसला गरिएको जानकारी कृष्ण सुनारले जानकारी दिएका छन |

हाम्रो समाजमा व्याक्तिका सोच फरक-फरक हुनु स्वाभाविक हो, तर रुढिवादी संस्कारलाई परिवर्तन गर्ने अभियान चलिरहँदा र देशको कानुनले बर्जित गरेको छुवाछुतको आधारमा कसैलाई अपमानित गर्न नपाउने व्यवस्था हुँदाहुँदै पनि सिंगो समाज नै त्यसको बर्खिलापमा लाग्नु र कुरितिपुर्ण छुवाछुतारुपी भेदभावलाई प्रशय दिनु कानुनको नै धज्जी उडाउनु होइन र ! यस्ता घटनामा सरकार तथा सरोकारवालाको ध्यान जतिमात्रामा जानुपर्ने हो त्यतिमात्रामा गएको पाँइदैन |

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर