Aamsanchar

लड्डू बाँडेर सिंहदरबार बस्दा अनलाइन प्रणाली चल्दैन

Author Image
मङ्गलवार, माघ २५, २०७३

काठमाडौं,

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले सरकारले सुरु गरेको “अनलाइन श्रम स्वीकृति” प्रभावकारी हुन नसकेको बताउनु भएको छ ।

अनलाइन प्रणाली प्रभावकारी बन्ने आशमा व्यवसायीले प्रयोग गरिरहेको भएपनि अनलाइन प्रणालीमा देखिएका कमजोरी सुधार हुन नसकेको बताउनुभयो । श्रम तथा रोजगार मन्त्रालयले पुस ३ गतेदेखी संस्थागततर्फ पूर्व श्रम स्वीकृति र माघ १९ गतेदेखी अनलाइनबाटै दिन सुरु गरेको छ ।

अनलाइन प्रणाली प्रभावकारी नहुँदा अहिले पनि श्रमग्राम ताहाचलमा युवाको भीड नघटेको भन्दै गुरुङले भन्नुभयो, ‘२/४ वटा लड्डू  बाँडेर सिंहदरबार बस्दैमा अनलाइन प्रभावकारी बन्दैन ।’

संस्थागत श्रम स्वीकृति सहज बनाउन व्यावसायी सँग तत्काल छलफल गर्न र व्यक्तिगतका लागि प्रयोग विधी सिकाउन आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर