Aamsanchar

झापामा प्रथम राष्ट्रिय बालमहोत्सव सुरु

Author Image
मङ्गलवार, माघ २५, २०७३

दमक,

झापाको लखनपुरमा भब्य कार्यक्रमबीच प्रथम राष्ट्रिय बालमहोत्सवको उद्घाटन भएको छ । उज्यालो बाल क्लवको आयोजनामा भएको बालमहोत्सवको उद्घाटन शिक्षामन्त्री धनिराम पौड्यालले गरेका हुन् । उनले बिद्यार्थीहरुले बनाएको रकेट उडाएर बालमहोत्सवको उद्घाटन गरेका थिए ।
उज्यालो बाल क्लवकी अध्यक्ष टेलिना खनालको सभापतित्वमा भएको कार्यक्रममा मन्त्री पौड्यालले यो महोत्सव नयाँ र नेपालमा नै पहिलो पटक भएको बताउदै यसले बालबालिकालाई जागरुप बनाउन सहयोग पुर्याउनेमा आफू आशाबादी रहेको बताए थिए । उनले महोत्सवको सफलताको कामना पनि गरे ।
महोत्सवमा सांसद महेन्द्रकुमारी सुब्बा, केन्द्रिय बाल कल्याण समितिका अध्यक्ष डिल्लिराम गिरी, झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, झापाका जिल्ला शिक्षा अधिकारी लगायतले यो सरकारले गर्नु पर्ने काम एउटा बाल क्लवको संयोजमा बालबालिकाले गरेको भन्द्र प्रशंशा गर्दै एकपटक सबै बिद्यँर्थी तथा बालबालिकाहरुले अवलोकन गर्नु पर्ने जनाए ।
महोत्सवमा बाल क्लवहरुले बिभिन्न स्टलहरु राखेकाछन् । ५० भन्दा बढि स्टलमा आधा बालबालिकाहरुका रहेकाछन् । बिज्ञान प्रदर्शनीलाई बिशेष महत्व दिईएको छ । कार्यक्रम सञ्चालन र ब्यवस्थापन बालबालिकाहरुले नै गर्दै आएकाछन् । महोत्सव मूल समितिका संयोजक सन्तोष भण्डारीले महोत्सवमा पूर्वका सबै बिद्यालयहरुले बिद्यार्थीहरु ल्याएर सफल बनाउन सहयोगका लागि अनुरोध गरे ।
कालबालिकाहरुलाई मनोसामाजिक परामर्श, बालचित्रकला, बिभिन्न बाल कथामा आधारित चलचित्र प्रदर्शनी, गायन र बक्तृत्वकला प्रतियोगिता, सास्कृतीक कार्यक्रम, बालझाँकी प्रदर्शनी लगायतका कार्यक्रमहरु रहेकाले बिद्यार्थी तथा बालबालिकाहरुले यसबाट धेरै उपलब्धि हासिल गर्ने उनले जनाए । महोत्सवमा पहिलो दिन करिब २५ हजार सहभागि भएको बताईएको छ ।

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर