Aamsanchar

बर दुबई हलमा नेपाली सांस्कृतिक कार्यक्रमको तयारी 

Author Image
बुधवार, माघ ४, २०७९

मगर समुदायको धार्मिक र सांस्कृतिक महत्त्व बोकेको राष्ट्रिय पर्व माघे संक्रान्ती नेपाल मगर संघ शाखा युएईले विविध सांस्कृतिक कार्यक्रम सहित मनाउने भएको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कार, संस्कृति, चाडपर्व तथा परम्पराहरुलाई जगेर्ना गर्ने र नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने उदेश्यले युएईमा रहेका मगर समुदायले हरेक वर्ष माघ्या सकराटी कार्यक्रमको आयोजना गरि मनाउदै आएका छन।

आगामी २२ जनवरीको दिन क्लब एभरेस्ट, बर दुबईको हलमा आयोजना हुने उक्त कार्यक्रममा गइरहेको कार्यक्रम नेपालबाट आउनु हुने लोक गायक सन्तु थापा मगर तथा डान्सर एवं मोडल अस्मिता राना मगरको विषेश प्रस्तुति रहने कार्यक्रम संयोजक मनु गाहा मगरले बताउनु भयो ।

कार्यक्रममा स्थानिय कलाकारहरुको साथमा मगर पञ्चेबाजा, लाङ्घाली संगीत संसार युएई , मगर ब्रदर्स र नेप्लिज डान्स ग्रुप युएईको समेत सांगीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

मगर समुदायले राष्ट्रिय पर्वको रुपमा हिउँद महिनाको मध्य महिना माघ १ गतेको दिन तिलको लड्डु , वन तरुल, घ्यू , चाकु, खिचडी, बटुक सँगुरको मासु इत्यादी परिकार बनाई चेलीबेटी लाई बोलाई खुवाउने चलन रहि आएको पाइन्छ । यो पर्वलाई अन्य समुदायले पनि आआफ्नो प्रचलन अनुसार उत्तिकै महत्त्वका साथ मनाउने गरेको पाईन्छ ।

Views: 272

प्रतिक्रिया (०)