सोलुखुम्बु।
सोलुखुम्बु जिल्लामा लेक लागेर एक जना पथ प्रदर्शकको मृत्यु भएको छ।
खुम्जुङ-८ स्थित सगरमाथा आधार शिविर पुगेर फर्कनेक्रमममा सोताङ ८ बस्ने २० वर्षिय समिर नाक्षीरिङ (राई) को मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ। राई थियेरा एडभेन्चर गाईड कम्पनी, काठमाण्डौबाट पथप्रदर्शकका रुपमा खटिएका थिए।
सोमबार अपरान्ह शिविर पुगेर फर्कनेक्रममा राई बिरामी परेका थिए। राईलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्दार गरी नाम्चेस्थित ईलाका अस्पताल ल्याइएकोमा उनको मंगलबार बिहान सोही असपतालमा मृत्यु भएको हो।
मृतकको शव सोही अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 163